पराजित विज्ञानका शुत्रहरू
-साकारबाबु सुवेदी
यो कुन चाहिँ एक दिवस हो महान मानिसहरुको ।
विवश नजरले युग बदलिएको कथाहरु पढ्दै छन्
व्यथाहरू छोप्ने प्रयास ध्वनि शुन्य क्रन्दन पछिको
सन्नाटायुक्त गुमाइहरूको आफै लेखाजोखा गर्दै छन् ।।
बाटहरू एक्लिएका छन् सबै रित्तो आकास मुनि
वर्ग र स्तर नमिलेका सहपाठीका समुहहरू जस्तै ।
कारागार झैँ न्यायपालन गर्दै छन् निजी निवासहरू
अतिथि प्रवेशको भयले स्थिर बस्छन् गजवारहरू ।।
फेरि एकपटक भावना पालाएको छ मानिसहरूको
तिनले समान देखिरहेका छन् प्राकृतिक न्यायलाई ।
कर्मलाई आगतमा सपनाहरू जस्तै झल्झल्ती देख्दा
विगतमा विज्ञानले गरेको ज्ञानको उपहास सम्झदै छन् ।।
सम्राटहरू समिधामा शुकला हुनु अघिको संसारमा
विजयी करहरूले विनाशका विकराल ब्रह्माण्ड बने ।
रचना गर्न असफल मानिसहरू नै शिर छेदनको होडमा
निर्दाेष जीव–जीवनहरू निमिट्यान्नै भएर नामेट भए ।।
निस्केको प्राण न तिम्रो न मेरो हो पानीका फोका झैँ
फुटेर पनि नजरमा जो देखिन्छन् ती नै मानिसका हुन् ।
करोडौँ प्राणहरूबाट आफ्नो भागको एउटा प्राण लिन
प्रायश्चित्का करोडौँ पहाडहरू उक्लदै छन् मानिसहरू ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण