लकडाउनको दोस्रो दिन रौतहट पूर्ण ठप्प, ३ दर्जन मोटरसाइकल नियन्त्रणमा
रौतहट : विश्वब्यापी महमारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण कम गर्ने उदेश्यले सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन रौतहट पूर्णतया ठप्प भएको छ ।
पहिलो दिन हिजो लकडाउनको प्रभाव आंशिक रुपमा देखिएपछि आज बिहानै देखि सुरक्षाकर्मीले विशेष सक्रियता देखाएको छ ।
जिल्ला सदरमुकाम गौर, गरुडा, कटहरिया, चन्द्रपुर लगायत सबै बजारमा रहेका पसल, होटेल लगायत सबै व्यवसाय विहानैदेखि बन्द छ ।
औसधि पसल, ग्यास पसल, खाद्यान्न पसल भने नियमित रुपमा खुलिरहेको छ ।

जिल्लामा कुनै पनि सवारी साधन चलेको छैन । मुख्य बाटोदेखि सहायक मार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्तीको गाडी मात्र देखिएको छ ।
लकडाउनलाई पूर्ण प्रभावकारी बनाउन भारतीय सिमाना तथा मुख्य र साना नाकाहरुमा संयुक्त टोली खटिएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताएका छन् ।
लकडाउनको दोस्रोदिन आज बिहानै अटेर गरेर बाटोमा आएका झन्डै ३ दर्जन बाईक नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताएका छन् ।
गौर चन्द्रपुर सडकखण्डदेखि सहायक बाटोहरुमा प्रहरीले गस्ती गरिरहेको र अनावश्यक कोही पनि व्यक्ति भेटिए सवारी साधन सहित नियन्त्रणमा लिने काम भैइरहेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।
लकडाउनको अवस्थामा कुनै किसिमको कालाबजारी नहोस् भनी प्रहरी सक्रियरुपमा लागिरहेको एसपी खड्काले जनाएका छन् । लकडाउनको उदेश्य पूरा गर्न आवागमन बन्द गर्न जिल्ला भरीका सबै युनिटका जनशक्ति परिचालन गरिएको रौतहटस्थित सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितले बताए । अगामी १८ गतेसम्म घोषणा भएको लकडाउन पुर्ण प्रभावकारी बनाउन जिल्लाको १८ वटै स्थानीय तहमा प्रहरीले माईकिङ गरि घर बाहिर नजान अनुरोध गर्दा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण