इरानबाट २७७ जना भारतीयको उद्धार
बुधबार, १२ चैत २०७६, १३ : २७
नयाँदिल्ली । कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ । महान एयरको बिमानबाट उद्धार गरिएका उनीहरु बुधबार बिहान नयाँदिल्ली विमानस्थलमा उत्रिएका थिए ।
उद्धार गरिएका सबै यात्रुलाई लगत्तै एयर इन्डियाका दुई वटा विमानबाट क्वारेन्टाइनमा राख्न जयपुर पठाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । उद्धार गरिएकाहरुमा १२८ जना पुरुष र १४९ जना महिला छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार खाडी राष्ट्र इरानमा २५ हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने एक हजार ९३४ जनाको मृत्यु भइसकेको छ । महान एयरले इरानमा अलपत्र परेका भारतीय नागरिकलाई मानवीय दृष्टिकोणबाट निःशुल्क सुरक्षित रुपमा उद्धार गर्ने घोषणा गरेको थियो । –एएनआई/Photo:Hindustantimes
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण