कोरोना भाइरसविरुद्ध लड्न रोनाल्डोको सहयोग
बुधबार, १२ चैत २०७६, १३ : ४१
एजेन्सी । पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् ।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले बुधबार कोरोनाविरुद्ध लड्न सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई एक मिलियन युरो सहयोग गरेका हुन् ।
उनीहरुले सहयोगले बिरामी उपचारको लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिद गरिने बताइएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसले अहिले युरोपमा महामारीको रुप लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्नसक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन
-
पतञ्जलीको सोन पापडी खान असुरक्षित
-
कांग्रेसले भन्यो– झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ
-
भोलि बस्ने राष्ट्रियसभाका यी हुन् आठ कार्यसूची
-
एमाले भक्तपुरको अध्यक्षमा देउजा
-
इजरायली प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी सुरक्षा सल्लाहकार