बेलायतमा कोरोनाको संक्रमणबाट अर्का नेपालीको मृत्यु भएको पुष्टि
लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको थियो । कोरोना संक्रमणका कारण निधन भएको कुरा अस्पतालले मृतकका परिवारलाई जानकारी गराएको हो ।
सामान्य ज्वरो तथा खोकीको समस्या भएका अर्याललाई गत शनिबार अकस्मात चक्कर लागेपछि स्थानीय क्वीन एलिजाबेथ अस्पतालमा लागिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको थियो । ब्लड प्रेसर बाहेक अन्य कुनै रोग नरहेको पारिवारिक स्रोतले बताएको छ । बेलायतमा एकाउन्टिङ फर्ममा कार्यरत अर्यालका श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् ।
उनको पुर्ख्यौली घर चितवन रहेका मृतक अर्यालको परिवार अहिले घरमै आइसोलेसनमा रहेका छन् ।
कोरोनाकै कारण लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको निधन भैसकेको छ ।
हालसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट दुईजना नेपालीको मृत्यु भैसकेको छ । यसैगरी कोरोना भाइरसबाट संक्रमण भएकी भगवती रानाभाट भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेकी छन् ।
विश्वभरी कोरोनाबात मृत्यु हुनेको संख्या २२ हजार नाघिसकेको छ भने बेलायतमा यस रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण