मौसम पूर्वानुमानः चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपात
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले हाल हाल देशको पश्चिमी भू–भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने पश्चिमी भू–भागका केही स्थानहरुमा र मध्य तथा पुर्वी पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
यता, हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले राति देशको पश्चिमी र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहने जानकारी दिएको छ ।
त्यस्तै, देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण