घरमै बसेर कोरोनाबाट बच्न अभिनेता प्रदीपको आग्रह
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)सँग यतिबेला विश्व संघर्षरत छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत मंगलबारबाट देशभर ‘लकडाउन’ गरेको छ । सरकारले गरेको ‘लकडाउन’ को निर्णयलाई कलाकारले पनि साथ दिएका छन् । यो समयमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई आग्रह गरिरहेका छन् ।
यस्तैमा पछिल्लो समयका हिट अभिनेता प्रदीप खड्काले पनि सरकारले गरेको ‘लकडाउन’ को निर्णयलाई स्वागत गर्दै सम्पूर्ण नेपालीलाई घरमै बसेर उच्च सर्तकता अपनाउन अपिल गरेका छन् । प्रदीपले एक भिडियो सन्देशमार्फत् उच्च सर्तकता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका हुन् ।
सन्देशमा प्रदीपले भनेका छन्, ‘यदी कसैलाई कोरोनाको लक्षण देखिएको छ भने सर्तक रहनुस् । आइसुलेसनमा बस्नुस् । अहिलेको अवस्थामा आफूले आफूलाई जोगाऊँ । भीडभाडबाट आफूलाई टाढा राख्नुहोस् ।’
‘लकडाउन’मा आफुले पनि परिवारसँग समय विताइरहेको बताएका प्रदीपले सर्वसाधारणलाई पनि परिवारसँग समय मिताउन र बाहिरका मानिससँग सम्पर्कमा नरहन अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण