प्रदेश नम्बर २: १ सय ५१ जना क्वारेन्टाइनमा
धनुषा । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेश नम्बर २ मा करिब १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार सप्तरीमा ९५, रौतहटमा २८ जना, सिरहामा १९, पर्सामा ५, सर्लाहीमा २ र बारामा २ र धनुषामा ११ जना शंकाष्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ । धनुषाको गंगुलीस्थित क्वारेन्टाइनमा ११ जना कोरोना शंकास्पद बिरामी राखिएको छ ।
प्रदेशका विभिन्नमा क्षेत्रीय क्वारेन्टाइन स्थल निर्माण गरी जम्मा १ सय ५१ जना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए । यो प्रदेशमा हालसम्म कोरोना संक्रमित कोही फेला नपरेको निर्देशनालयका वरिष्ठ अधिकृत झाले बताए ।
कोरोना भाइरस संक्रमणको आशंका गरिएका ३ जनामा परीक्षण छि नेगेटिभ परिणाम भेटिएको समेत झाले बताए । उनले शंकाष्पदका नाममा क्वारेन्टाइनमा भर्ना हुनेहरुको संख्या भने बढिरहेको समेत जनाकारी दिए । उनले काठमाडौंको टेकुस्थित अस्पतालले ३ जनामा कोरोना भाइरस संक्रमण नरहेको पुष्टि गरेको जानकारी दिए ।
क्षेत्रीय क्कवारेन्टाइन स्थलका इन्चार्ज लक्ष्मेश्वर झाले सबैको चेकजाँच चिकित्सकहरुले गर्ने र केहि दिनसम्म यही राखेर विभिन्न लक्षणहरु देखापरेमा आइसोलेसनका लागि रेफर गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण