इटाली र स्पेनमा एकैदिन करिब १५ सय जनाको मृत्यु (अपडेट)
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण युरोपियन मुलुक इटाली र स्पेनमा एकैदिन करिब १५ सय जनाको मृत्यु भएको छ । शुक्रबार ती दुई देशमा गरी १४ सय ८८ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका वल्ड्रोमिटरले जारी गरेको तथ्याँकअनुसार इटालीमा ९ सय १९ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ सय ६९ जनाको मृत्यु भएको छ । तथ्याँकअनुसार इटालीमा संक्रमित हुनेहरुको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने स्पेनमा ६४ हजार ५९ पुगेको छ । इटालीमा शुक्रबार मात्रै ५ हजार ९ सय ९ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
त्यस्तै स्पेनमा ६ हजार २ सय ७३ नयाँ संक्रमित पुष्टि भएका छन् । त्यस्तै इरान र बेलायतमा पनि एकैदिन निकै संख्यामा मानिसहरुको मृत्यु भएको छ । बेलायतमा १८१ जनाको मृत्यु भएको छ भने इरानमा १४४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै नेदरल्यान्डसमा पनि ११२ जनाको मृत्यु भएको छ भने अमेरिकामा ८९ जनाको मृत्यु भएको छ ।
अन्य थुप्रै देशहरुमा पनि कोरोना संक्रमणका कारण मर्नेहरुको संख्या बढिरहेको तथ्याँकले देखाएको छ । शुक्रबार मात्र कोरोना संक्रमित मुलुकहरुमा २२ सय ९९ जनाको मृत्यु भएको छ । अहिलेसम्म उक्त भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २६ हजार ४ सय ७७ पुगेको छ भने संक्रमित हुनेहरुको संख्या ५ लाख ७७ हजार ९ सय ३९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण