तारा र यतीका मात्रै आज ५ उडान, पोखरा र लुक्लाबाट ७५ जना पर्यटकहरुको उद्धार

काठमाडौं– कोभिड-१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु अलपत्र परेपछि यती एयरलाइन्स र यसको भगिनी संस्था तारा एयरले उनीहरुको उद्धार गरी आज काठमाडौं ल्याएको छ ।
आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्धार गरिएको छ । १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्धार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेको छ । मौषमका कारण अहिले लुक्ला एयरपोर्ट बन्द रहेको छ ।
उद्धार हुने पर्यटकहरुमा पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी जम्मा ६१ जना जर्मन तथा युरोपियन नागरिक रहेका छन् भने लुक्लाबाटै १४ जना अस्ट्रेलियन नागरिक रहेका छन् ।
काठमाडौं स्थित जर्मनी, अस्ट्रेलियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्धारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एयरलाइन्स र तारा एयरले पर्यटकहरु उद्धारका लागि विमान आफ्ना विमानहरु पठाएको हो ।
यती एयरलाइन्सको ७२ सिट क्षमता भएको ATR-72 9N-AMM विमान पोखरा पठाइएको थियो भने तारा एयरको १८ सिट क्षमता भएको 9N ALO ट्वीन ओटर विमान लुक्ला पठाइएको थियो ।
लुक्लाको लागि त्रिभुवन विमानस्थलबाट पहिलो उडान विहान ८ बजे भएको थियो भने दोस्रो १० बजे, तेस्रो ११ र चौथों उडान १२ बजे भएको थियो । त्यस्तै पोखरामा रहेका पर्यटक लिन यती एयरलाइन्सको विमान १२ बजे प्रस्थान गरेको थियो ।
त्यस्तै, हिजो यती एयरलाइन्स मार्फत् पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । यसका साथै तारा एअरले चैत १३ गते लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकहरुलाई लुक्लाबाट उद्दार गरी काठमाडौं ल्याएको थियो ।
लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एयरलाइन्सले जहाज पठाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि अर्थशास्त्र विभागमा बहस – सरकारले ल्याएको बजेट कस्तो ?
-
आफू सुत्ने कोठामै नवविवाहिताको शव फेला, पति र सासु फरार
-
एकता महाधिवेशनबाट निर्वाचित कमिटीलाई बद्री केसी समूहले गरायो सचेत
-
ऐतिहासिक कांस्य पदक जितेकी एरिका सम्मानित
-
नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी’ अवार्ड
-
सुदूरपश्चिममा तीन जनामा कोरोना पुष्टि