कोरोना कोषमा सिद्धार्थ बैंकको ७० लाख सहयोग, हरेक प्रदेशलाई १० लाख दिने
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख सहयोग गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।
सिद्धार्थ बैंक लिमिटेडले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु १० लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।
देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको छ र बिभिन्न किसिमका सहयोग गर्दै आइरहेको बैंकले जनाएको छ ।
नेपाल सरकारले अनुराध गरेको आदेशलाई पुर्ण रुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने बिश्वमा देखिएको यस बिशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रबिधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरुसमक्ष आग्रह गरको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण