पाटन अस्पताललाई सनराइज बैंकले दियो २० थान पीपीई उपकरण
काठमाडौं । सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई दिएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सर्हानीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।
विश्वलाई नै कोरोनाभाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ । त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ ।
यो कठिन परिस्थितीमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेको र बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण