अमेरिकामा एक हप्ताभित्रै संक्रमतिको संख्या चौगुणाले बढ्यो
सोमबार, १७ चैत २०७६, १० : २२
अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक हप्तामा ह्वात्तै बढेको छ । यहाँ संक्रमितको संख्या चीन र इटलीमा भन्दा पनि बढी छ ।
डाटालाई केलाउने हो भने पछिल्लो सात दिनमा यहाँ संक्रमितको संख्या चौगुणाले बढेको छ ।
गत मार्च २३ तारिख बिहानको डाटा अनुसार अमेरिकामा संक्रमितको संख्या ३४ हजार थियो । त्यतिबेला ४ सय १४ जनाको मृत्यु भएको बताइएको थियो ।
त्यसको एक हप्तापछि १ लाख ३९ हजार व्यक्तिमा संक्रमणको पुष्टि भइसकेको सीएनएनको डाटाले बताएको छ । यो एक हप्तामा चार गुणाको वृद्धि हो ।
ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्सका एक सदस्य डा. एन्थोनी फसीले संक्रमितको संख्या १० लाखसम्म पुग्ने अनुमान गरेका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार पत्रकार सम्मेलनमा मृतकको संख्या १ लाख वा सोभन्दा कम राख्न सकियो भने हामीले निकै राम्रो काम ग–यौं भनेर बुझ्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण