युवराज चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिरिए
सोमबार, १७ चैत २०७६, १८ : ४५
एजेन्सी । बेलायतका युवराज चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिरिएका छन् । एकहप्ताअघि गरिएको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखिएका उनी तत्काल सेल्फ आइसोलेसनमा बसेका थिए ।
उनको स्वास्थ्यमा राम्रो सुधार आएको चिकित्सकले जानकारी दिएपछि उनी सेल्फ आइसोलेसनबाट बाहिरिएको क्लेरेन्स हाउसले जानकारी दिएको छ । ७१ वर्षीय चाल्र्सले सोमबार चिकित्सकहरुसँग परामर्श गरेका थिए । चिकित्सकहरुले स्वास्थ्यमा सुधार आएको बताएपछि उनी सेल्फ आइसोलेसनबाट बाहिरिएको बीबीसीले जनाएको छ ।
अघिल्लो हप्ता राजकुमार चाल्र्सलाई कोरोना पोजेटिभ देखिएलगत्तै उनकी श्रीमती डचेज कोर्नावालको पनि स्वास्थ्य परीक्षण गरिएको थियो, तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थिएन । श्रीमतीलाई कोरोना संक्रमण नभएपनि उनीहरु त्यसबेला देखिनै अलग–अलग आइसोलेसनमा बस्न थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण