गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने
बुधबार, १९ चैत २०७६, ०८ : ४७
गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो ।
बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
‘कोभिड–१९ महामारीसँग लडिरहेका प्रत्येक व्यक्तिको सम्मानका लागि यस वर्ष हाम्रो परम्परालाई स्थगित गरौं । हाम्रो सबैभन्दा ठूलो उद्देश्य भनेको मानिसहरुलाई सकेसम्म सहयोग गर्नु हो । त्यसकारण हाम्रो ठट्टा अर्को वर्षको अप्रिलसम्मका लागि जोगाएर राखौं,’ गुगलका मुख्य बजार अधिकारी लोरेन टुहिलले बताए ।
टुहिलले कम्पनीले आफ्नो ठट्टा गर्ने परम्परा अर्को वर्षदेखि लागू गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण