लकडाउनका कारण फुपूको छोराको अन्तिम संस्कारमा जान सकेनन् सलमान खान
सलमान खानकी फुपूको छोरा अब्दुल्लाह उर्फ अबा खानका २८ मार्चमा निधन भएको थियो । उनलाई अचानक सास फेर्न गाह्रो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
अब्दुल्लाहको अन्तिम संस्कार इन्दौर स्थिती उनको गाउँमा भएको थियो तर सलमान खान यसमा सरिक हुन नपाएपछि अत्यधिक दुःखी भएको बताइएको छ ।
लकडाउनका कारण बाध्य छन् सलमानः
सलमानका म्यानेजर जोर्डी पटेलले बम्बे टाइम्ससँगको कुराकानीमा भने, ‘सलमान यतिबेला कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण पनवेल फार्महाउसमा छन् तसर्थ उनी यात्रा गर्न सक्दैनन् । अब्दुल्लाहको अन्तिम संस्कार इन्दौरमा हुनेछ जहाँ उनी बस्दथे । सलमान पछि उनको परिवारलाई भेट्नेछन् ।’
के अब्दुल्लाहको मृत्यु कोरोनाभाइरसको संक्रमणका कारण भएको हो भनेर प्रश्न सोध्दा उनले भने, ‘उनको मृत्यु मुटुले काम गर्न बन्द गरेपछि र फोक्सोको संक्रमणका कारण भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण