युरोपमा कोरोनाभाइरसबाट ३० हजार बढीको मृत्यु
बुधबार, १९ चैत २०७६, १७ : ३७
पेरिस । कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ ।
कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित भएका र ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ । इटालीमा मात्र १२ हजार ४२८ जनाको ज्यान गएको छ । दोस्रो स्थानमा रहेको स्पेनमा ८ हजार १८९ जना र फ्रान्समा ३ हजार ५२३ जनाको मृत्यु भएको छ ।
जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण