दुर्गममा नवागन्तुकलाई पस्न पूर्ण रोक
कोभिड–१९ संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएका छन् ।
जुम्ला तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सूँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन् ।
गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट कोरोना भाइरस सर्ने डरले नयाँ मान्छेलाई गाउँ पस्न रोक लगाइएको तिला ८ का वडाध्यक्ष सन्तविर रावतले राससलाई जानकारी दिए ।
“यी गाउँहरु जुम्लाकै दुर्गम क्षेत्रमा पर्छन् । लाग्छ, अहिलेसम्म हामी सुरक्षित छौंँ”, रासससँग कुरा गर्दै वडाध्यक्ष रावतले भने, “प्रत्येक गाउँले नयाँ मान्छे आए गाउँ पस्न निषेध गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजाने भनेर सूचना गरेका छौंँ ।” गाउँमा प्रहरी प्रशासन नपुग्ने भएकाले युवाको सहयोगमा बन्द आदेशलाई प्रभाकारी बनाइने वडाध्यक्ष रावतको भनाइ छ ।
उनका अनुसार गाउँका सबैलाई कोरोनाबाट बच्न हातमुख धुने सिकाइएको छ भने मास्क र साबुन वितरण गरिएको छ । नयाँ मान्छे प्रवेश नगरुन् भनेर हेरालो पनि राखिएको छ ।
नियम तोडे कारवाही पनि गरिने छ । लकडाउनले गाउँमा प्रभाव नपरेकाले गाउँ तथा वडापालिका, स्थानीय राजनीतक दल, युवा र महिला मिलेर गाउँ पस्न पूर्ण निषेध गरिएको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण