‘कोरोनाविरुद्ध यो साधारण लडाईं होइन, यो वर्ल्ड वार–सी हो’
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का पूर्व प्रमुख टम फ्राइडेनले कोरोनाविरुद्धको लडाईं विश्वयुद्ध भएकोले अब सबै मुलुक एक हुनुपर्ने बताएका छन् ।
बराक ओबामा प्रशासनमा सिडिसी प्रमुख भएका टमले भने, ‘हरेक देश आफ्नो क्षमता, शक्ति र कमजोरीसहित यो युद्धमा डटेको छ । सबै स्वास्थ्य सेवा, समाज र समुदाय, सरकार र सार्वजनिक हितलाई ध्यानमा राखेर यो संकटमाथि नियन्त्रण पाउने कोसिस गरिरहेका छन् ।’
उनले थपे, ‘एउटा भाइरसविरुद्धको यो लडाईं कुनै साधारण युद्ध नभई वर्ल्ड वार–कोरोना भाइरस अर्थात् वर्ल्ड वार–सी हो । त्यसकारण सबै देश एकजुट भएर लडाईंलाई अघि बढाउन अत्यावश्यक छ ।’
संसारभरी कोरोना भाइरस संक्रमितको संख्या अब १० लाख नाघिसकेको छ । करिब ५२ हजार मानिसको मृत्यु भइसकेको छ ।
यीमध्ये संक्रमणको लगभग एक चौथाई अमेरिकामा मात्रै छ जबकी स्पेन र इलामीमा एक चौथाई संक्रमित छन् ।
अमेरिकामा पनि न्यूयोर्क सबैभन्दा प्रभावित इलाका हो जहाँका गर्भनर एन्ड्रू कुमोले संक्रमणको मामला जति तीब्र रुपमा बढिरहेको छ त्यही गतीमा राजयमा मेडिकल उपकरण नभएको बताएका छन् । उनले अब आफूसँग ६ दिनसम्म काम चलाउनका लागि भेन्टिलेटर्स भएको तर स्थिती यस्तै रहे यसको पनि कमी हुनसक्ने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण