वडाध्यक्ष जानकीरामद्वारा पत्रकारका लागि विशेष राहत प्याकेज घोषणा
जनकपुर : विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको त्रासको बेला देशव्यापी रुपमा लकडाउन रहेको बेलामा पनि राज्यको चौथो अंग भनिएका पत्रकारको लागि एक जनप्रतिनिधिले राहत प्याकेजको घोषणा गरेका छन् ।
कारोना भाइरस संक्रमणको क्रममा सर्वसाधारणको जिउ ज्यानको रक्षाका निमित्त सरकारले लकडाउन जारी राखेको बेलामा पनि स्थलगत पत्रकारीता गरी समाचार सम्प्रेषण गरी जानकारी दिने कार्यलाई पत्रकारले निरन्तरता दिएको भन्दै जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले पत्रकारका लागि विशेष प्याकेज घोषणा गरेका हुन् ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले स्थलगत पत्रकारीता गर्ने पत्रकारका निमित्त कोरोना महामारी अवधि भर काम गर्ने संचारकर्मीलाई एक लाख रुपैयाँको जिवनविमा, लकडाउनको अवधिसम्ममा कुनै किसिमको विरामी परेमा स्वास्थोपचारको निःशुल्क व्यवस्था र सो अवधिभर दैनिक १ लिटर पेट्रोल दिने वडाको बोर्ड वैठकबाट निर्णय गरी विशेष राहत व्यवस्थाको घोषणा गरेका छन् ।
वडाध्यक्ष जानकीराम साहले कोरोना भाइरस संक्रमणको बेलामा सुरक्षानिकाय, चिकित्सकहरु र पत्रकारहरु नै अग्रपंक्तिमा देखिएको र पत्रकार बाहेकका हकमा सरकारले विभिन्न प्याकेजहरुको घोषणा गरेपनि पत्रकारको हकमा कसैले केहि नगरेको देख्दा आफुहरुले वडाको बोर्डको वैठक बसेर पत्रकारहरुको मनोबल बढाउन उद्देश्यले स्थानीयस्तरमा काम गर्नेहरुका लागि केहि राहत व्यवस्था मिलाउने प्रयास गरेको बताए ।
वडाध्यक्ष साहले यसका लागि नेपाल पत्रकार महासंघ धनुषा शाखासंग समन्वय गरेको र महासंघले स्थलगत पत्रकारीता गर्नेहरुको नामावली सिफारिस गरेर दिएमा सो राहत व्यवस्था उपलब्ध गराउने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण