प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार अर्याल भन्छन्, ‘समाचार हटाउन राजनीतिक तहकै हात हुनुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले समाचार डिलिट गराउने काम राजनीतिक तहबाटै भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार बिहान अर्यालले एक ट्वीट गर्दै असगर अली एक प्राविधिक व्यक्तिमात्रै भएको भन्दै समाचार हटाउन राजनीतिक तहकै व्यक्तिको हात हुनसक्ने संकेत गरेका छन् ।
समाचार हटाउने प्राविधिक हथौडा मात्रै भएको उल्लेख गर्दै हथौडालाई नभएर हथौडा चलाउने हातलाई खोज्नुपर्ने बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्,
‘असगर जी र विकासजी प्राविधिक मात्रै हुन् । म हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्नुपर्छ भन्छु । यो प्रकरणको कारक राजनीतिक तहकै हुनुपर्छ । सिरान टेकलाई कस्ले त्यसो गर्न लगायो, त्यो खोजौं । उनीहरुको मात्र आँटले त्यति ठूलो गलत काम भएको छैन ।’

प्रधानमन्त्री ओलीकै पूर्व प्रेस सल्लाहकार अर्यालले सिरान टेकले मात्रै त्यो काम गर्न नसक्ने भन्दै त्यसमा आरोपित व्यक्तिहरुको संलग्नता हुनसक्ने तर्फ संकेत गरेका हुन् ।
काठमाडौँ प्रेसले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा, रक्षा मन्त्री इश्वर पोखरेलका छोरा तथा प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अलीको समेत संलग्नतामा ओम्नी ग्रुपलाई स्वास्थ्य उपकरण ल्याउन ठेक्का दिइएको र त्यसमा ठूलो रकमको चलखेल भएको समाचार प्रकाशन गरेको थियो । चैत १८ गते प्रकाशन गरिएको समाचार वेभ डेभलपर सिरान टेकले चैत १९ गते डिलिट गरिदिएको थियो । समाचार डिलिट गरेको स्वीकार गर्दै सिरानटेकले माफीसमेत मागीसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

