साइट ह्याक गर्नेको हातमा वित्तीय संस्थाको गेटवे हुनु जोखिम : डा. कोइराला
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञलाई तुरुन्त बर्खास्त गनुपर्ने बताएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि सल्लाहकार असगर अलीको लगानी रहेको सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गरेका छन् ।
सिरान टेक्नोलोजीले काठमाडौँ प्रेसको वेबसाइटमा आनाधिकृत नियन्त्रण लिएर स्वास्थ्य सामग्री अनियमितताबारे लेखिएको समाचारलाई हटाएपछि उनले यस्तो बताएका हुन् ।
कोइरालाले यो घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम र निकृष्ट नमूना भएको बताए । ‘संसारमा कहीँ र कतैपनि प्रकाशित समाचारलाई लिएर विमति हुँदैमा वेबडेभलपरले यसरी समाचार हटाउन पाउँदैन,’ उनले भने ।
सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको छ । अलि संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको सार्वजनिक भएको प्रति पनि कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।
‘यसरी नै सिरान टेक्लोनोजीले झैँ सूचना प्रविधिको पहुँच दुरूपयोग गरी अली संलग्न कम्पनीले निजी बैङ्कमा रहेको अर्बौं रूपैयाँ तलमाथि गरे त्यसको परिणाम के हुन्छ ?,’ कोइरालाको प्रश्न छ ।
समाचार साइट ह्याक गर्नेको हातमा २२ वटा वाणिज्य बैङ्क र २६ वटा वित्तीय संस्थाको गेटवे हुनुले लाखौँ नेपालीले आफ्नो दुःख परिश्रम गरेर जम्मा गरेको अर्बौं रूपैयाँको जोखिम बढाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण