मेगा बैंकबाट गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख सहयोग
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।
मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।
मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ ।
मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितिका सदस्यदेखि मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीहरुले पनि व्यक्तिगत योगदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर प्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज
-
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश