भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुग्यो (अपडेट)
शुक्रबार, २१ चैत २०७६, २३ : २४
एजेन्सी । भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । शुक्रबार भारतका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो । शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ । योसहित महाराष्ट्रमा मर्नेको संख्या २६ पुगेको छ । त्यस्तै शुक्रबारनै आन्ध्र प्रदेशमा ५५ वर्षीय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।
आन्ध्र प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । त्यस्तै आजै गुजरातको गोधरामा ७८ वर्षीय एक व्यक्तिको मृत्यु भएको जनाइएको छ । योसहित गुजरातमा मर्नेको संख्या ९ पुगेको छ । संक्रमणबाट बिहीबार भारतमा १० जनाको मृत्यु भएको थियो । त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ५४७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण