अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नै देश फर्क भनेपछि नेपाली विद्यार्थी अन्योलमा
शनिबार, २२ चैत २०७६, ०७ : ४५
काठमाडौं : विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका हुन् ।
सरकारले व्यवस्थापन गरेका सेवासुविधा स्थानीय नागरिक र स्थायी बासिन्दालाई मात्र गर्न सकिने भएकाले विदेशी विद्यार्थी, नागरिक र अस्थायी बसोबास गरिरहेकाहरुलाई सहयोग गर्न नसक्ने जनाएका छन् ।
प्रधानमन्त्री स्कट मरिसनको यस्तो आग्रहपछि अध्ययनसहित विभिन्न कामका लागि रहेका नेपाली पनि अप्ठ्यारोमा पर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता