डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै एनआईसी बैंक, अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय फिर्ता
काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५००सम्म रकम फिर्ता दिने बताएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाइन खाता खोल्न सक्नेछन्् ।
खाता खोलिसकेपछि पाउने खाता नम्बरको आधारमा ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरणलगायतका विभिन्न कारोबार गर्न सक्नेछन् । अनलाइन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध गराएको छ । जसले गर्दा ग्राहकहरुलाई वार्षिक १४ हजार फाइदा हुनेछ ।
अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले ५०० सम्म रकम फिर्ता पाउन सक्नेछन् ।
यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टुरेन्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहकहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४००० सम्मको रकम फिर्ता पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण