कनिकाको कोरोना संक्रमणको छैटौं परीक्षण ‘नेगेटिभ’, अझै एकपटक हुन बाँकी
आइतबार, २३ चैत २०७६, ०९ : ४०
बलिउडको पार्श्व गायनमा चर्चित गायिका कनिका कपुरको कोरोनाभाइरसको छैटौं परीक्षण नेगेटिभ आएको छ । लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स (एसजीपीजीआईएमएस) मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक भएको हो । यद्यपि, डाक्टरलाई विश्वास गर्ने हो भने उनको कोरोनाभाइरसको अर्को एउटा परीक्षण बाँकी छ र त्यसमा नेगेटिभ आए उनलाई डिस्चार्ज गरिनेछ ।
केही दिन अघिको कुराकानीमा एसजीपीजीखनईएमएसका निर्देशक डा. आरके धीमानले भनेका थिए, ‘कनिकाको स्वास्थ्यमा सुधार भइरहेको छ र उनी खाना पनि समयमा नै खाइरहेकी छिन् ।’
यो पनि:
सोसल मिडियामा कनिकाको स्वास्थ्यस्थिती खराब भएको खबरलाई डाक्टरले निराधार बताएका छन् । त्यतिबेला उनले कनिकाको कोरोनाभाइरसको परीक्षण लगातार दुई पटक नेगेटिभ आए मात्रै उनलाई अस्पतालबाट छुट्टी दिन मिल्ने जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण