कनिकाको कोरोना संक्रमणको छैटौं परीक्षण ‘नेगेटिभ’, अझै एकपटक हुन बाँकी
आइतबार, २३ चैत २०७६, ०९ : ४०
बलिउडको पार्श्व गायनमा चर्चित गायिका कनिका कपुरको कोरोनाभाइरसको छैटौं परीक्षण नेगेटिभ आएको छ । लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स (एसजीपीजीआईएमएस) मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक भएको हो । यद्यपि, डाक्टरलाई विश्वास गर्ने हो भने उनको कोरोनाभाइरसको अर्को एउटा परीक्षण बाँकी छ र त्यसमा नेगेटिभ आए उनलाई डिस्चार्ज गरिनेछ ।
केही दिन अघिको कुराकानीमा एसजीपीजीखनईएमएसका निर्देशक डा. आरके धीमानले भनेका थिए, ‘कनिकाको स्वास्थ्यमा सुधार भइरहेको छ र उनी खाना पनि समयमा नै खाइरहेकी छिन् ।’
यो पनि:
सोसल मिडियामा कनिकाको स्वास्थ्यस्थिती खराब भएको खबरलाई डाक्टरले निराधार बताएका छन् । त्यतिबेला उनले कनिकाको कोरोनाभाइरसको परीक्षण लगातार दुई पटक नेगेटिभ आए मात्रै उनलाई अस्पतालबाट छुट्टी दिन मिल्ने जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजपाको आन्दोलनरत पक्षलाई विभागले वार्तामा बोलायो
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
-
राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
-
नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने
-
बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने