इमरानले भने, ‘पाकिस्तानीले यस्तो मूर्खता नगरुन्’
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या २८ सय पार भइसकेको छ । यसैबीच प्रधानमन्त्री इमरान खानले देशका जनतालाई पाकिस्तानीहरु कोरोनाभाइरसबाट प्रभावित हुँदैनन् भनेर मूर्खतापूर्ण सोच नपाल्न अपिल गरेका छन् ।
शनिबार कोरोनाभाइरस रोकथाम कोषको स्थापना गर्दै इमरान खानले भने, ‘मैले सोसल मिडियामा यस्ता धेरै पोष्ट देखेको छु जसमा अल्लाहले पाकिस्तानीलाई यसरी बनाएका छन् कि उनीहरुलाई कोरोनाभाइरसले छुँदैन भनिएको छ । आफूले आफैंलाई यस्तो भ्रममा नपार्नुहोस् । कोरोनाले कसैलाई पनि छोड्दैन ।’
प्रधानमन्त्रीले भने, ‘यस्तो मूर्खता नगर्नुहोस् र कोरोनाभाइरससँग लड्नका लागि आवश्यक सावधानी अपनाउनुहोस् ।’
इमरान खानले भने, ‘यदि तपाईंलाई केही पनि हुँदैन जस्तो लाग्छ भने न्यूयोर्कलाई हेर्नुहोस् । त्यहाँ कति धनी व्यक्ति बस्छन् होला, त्यहाँको स्थिती बुझ्नुहोस् त ।’
इमरान खानले आफ्नो देशमा कोरोनाभाइरसको दोहोरो चुनौती भएको बताएका छन् । उनले यसबारे जानकारी दिँदै भने, ‘एकाफर्त सरकारले यो भाइरसलाई रोक्नु छ अर्कोतर्फ देशका गरिब जनतालाई बचाउनु पनि छ ।’ उनले देशका कामदारलाई भोकै मर्न नदिने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण