बैंकहरु ब्याजदर घटाउने तयारीमा
आइतबार, २३ चैत २०७६, १४ : ००
बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याजदरु घटाउने तयारीमा रहेको सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले बताए ।
यसका लागि सिटिजन्सले आजै बैठक बसेर ब्याजदर टुंगो लगाउने छ । पोखरेलले भने, ‘यतिखेर बाँच्यो भने बाँच्न सकिन्छ, हामीले अहिलेलाई हेर्नुपर्छ भनेर ब्याजदर घटाउने कुरा गरिरहेका छौ । आफू पनि बाँच्नु पर्यो उद्योग धन्दाहरु पनि बाँच्नु पर्यो र समाजलाई बचाउन पर्यो ।’
खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागेको भन्दै उनले यसले ब्यापारीलाई पनि राहत दिने विश्वास व्यक्त गरे ।
अर्का एक बैंकर्सले पनि ब्याजदर घटाउन बैंकहरुले आ—आफ्नै तरिकाले गृहकार्य गरिरहेको बताए । सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण