काका पनि मेस्सीकै पक्षमा
अर्जेन्टिीनी स्टार लियोनल मेस्सी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोबीच को ठूलो भन्ने चर्चा विश्व फुटबलमा दैनिकजसो चल्छ । कतिपयले मेस्सी त कतिपयले रोनाल्डोको उत्कृष्ट भन्दै आएका छन् ।
रोनाल्डोसँग चारबर्ष रियल म्याड्रिडबाट सँगै खेलेमा ब्राजिलियन स्टार रिकार्डो काकाले भने मेस्सीको नाम लिएका छन् । फिफाको इन्स्टाग्रामबाट प्रत्यक्ष प्रशारणमा मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनेर सोधिएको प्रश्नमा काकाले मेस्सी रोजेका हुन् ।
काकाले सन् २०१० देखि २०१३ सम्म रियलमा सँगै रोनाल्डोसँग ब्यवसायिक फुटबल खेलेका थिए । तरपनि काकाले मेस्सीकै पक्ष लिएर आश्चर्य बनाएका छन् । ‘मैले रोनाल्डोसँगै धेरै फुटबल खेलेको छु । रोनाल्डो उत्कृष्ट खेलाडी हुन् । तर रोज्नै पर्दा म मेस्सी रोज्छु । मलाई मेस्सी निकै मन पर्छ,’ काकाले भने । उनले मेस्सी प्रतिभावान खेलाडी भएको पनि बताए ।
काकाले रोनाल्डोलाई भने एक मेसिनको रुचमा चित्रण गरेका छन् । ‘रोनाल्डो एउटा मेसिन हो । जो छिटो, छरितो र शक्तिशाली छ । कहिल्यै हार नचाहने स्वभावका रोनाल्डो शारीरिक र मानसिक रुपमा पनि अब्बल छन्,’ काकाले भने । काकाले आधुनिक फुटबलमा मेस्सी र रोनाल्डोलाई एकैसाथ पाउनु खुशीको क्षण भएको पनि बताए ।
फिफाको प्रतिष्ठित बालोल डी’ओर अवार्डको पछिल्लो १२औं संस्करणमा ६ पटक मेस्सी र पाँच पटक रोनाल्डोले नाम लेखाए । जसमा सन् २००७ को अवार्ड उनै ३७ बर्षीय काकाले कब्जा गरेका थिए । काकाले उक्त अवार्ड जित्दा रोनाल्डो मेस्सीलाई नै पछि पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण