ओखलढुंगाबाट चार जनाको स्वाब परीक्षण गर्न धरान लगियो
रामहरि श्रेष्ठ
बिदेशबाट आएका ओखलढुंगाका चार जना युवाहरुको स्वाब परीक्षणका लागी धरान पठाइएको छ । दुई हप्ताअघि कतार तथा अन्य तेस्रो मुलुकबाट जिल्ला आएका चिसंखुगढी गाउँपलिकाका २ र मोलुङ गाउँपालिकाका दुई जना युवाहरुको नमुना (स्वाब) परीक्षणका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।
जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीका अनुसार विदेशबाट आएको दुई हप्ता बितेपनि उनीहरुको अनिवार्य स्वाब परीक्षण गर्नुपर्ने भएकाले सोमबार स्वाब संकलन गरी धरान पठाइएको हो ।
ती युवाहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको र हाल जिल्ला अस्पताल रुम्जाटारको आईसोलेशनमा रहेको तिवारीको भनाइ छ । परीक्षणका लागी पठाइएको स्वाबको रिपोर्ट मंगलबार मात्र आइपुग्ने छ ।
यसअघि भारतबाट आएका दुई युवतीको पनि स्वाब परीक्षणका क्रममा कोभिड १९ नभएको पुष्टी भएको थियो । जिल्लामा हाल बिदेशबाट आएका नागरिकहरुको संख्या १ सय ४२ भन्दा बढी रहेको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण