अमेरिकामा एकैदिन १,२५५ को मृत्यु, संक्रमितको संख्या साढे ३ लाख पार
मङ्गलबार, २५ चैत २०७६, ०७ : ००
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण १२ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ हालसम्म १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । संक्रमितमध्ये ८ हजार ८ सय ७९ को स्थिती गम्भीर बताइएको छ ।
यद्यपि, यहाँ १९ हजार ६ सय ७१ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण