नवनियुक्त गभर्नर अधिकारीले गरे पदभार ग्रहण
मङ्गलबार, २५ चैत २०७६, १२ : २६
काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार नेपाल सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले मंगलबार राष्ट्र बैंकमा गएर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणअघि अधिकारीले राष्ट्र बैंकमा आयोजित विशेष कार्यक्रममा बैंकका कर्मचारीहरुलाई सम्बोधन गरेका थिए । त्यसअघि सर्वोच्च अदालतमा आयोजित एक मार्यक्रममा उनले प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।
राष्ट्र बैंकमा यसअघि ३० वर्ष काम गरेर ४ वर्षअघि बाहिरिएका अधिकारी गभर्नरको रुपमा फेरि प्रवेश गरेका हुन् र उनले अबको ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गर्नेछन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण