प्रदेश ५ मा कृषिजन्य बस्तु ढुवानीमा विशेष पास नचाहिने
बुटवल । प्रदेश ५ मा लकडाउनका समयमा कृषि तथा पशुजन्य बस्तु ढवानी तथा विक्रि वितरणका लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नपर्ने व्यवस्था गरिएको छ ।
प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसको लागि किसान तथा व्यवसायीहरुले ढुवानीमा प्रयोग हुने साधनमा स्पष्ट रुपमा व्यानर वा ढवानी खुल्ने कुनै पनि कागजमा लेखेर निर्वाधरुपमा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो ।
शर्माका अनुसार किसानहरुले उत्पादन गरेको कृषि जन्य उत्पादन, मासु,अण्डा, तरकारी, च्याउ, खाद्यान्न ढुवानीका लागि साधनमा ढुवानी गरिएको विषयमा जानकारी दिने ब्यानर, पोष्टर तथा हातले काजचमा लेखेर टाँसेर हिड्न सक्नेछन ।
साधन नभएका किसानलाई मन्त्रालय नै साधनको व्यवस्थापन गर्ने छ । यस्तै किसानहरुले साईकल, ठेला वा कुनै पनि साधनबाट ढुवानी गर्न चाहेमा पनि सहज रुपमा ढुवानी गर्न सक्ने जनाएको छ ।
कृषि विकास निर्देशनालयका उप सचिव बरिष्ठ अर्थ विज्ञ भिमनाथ शर्माले किसान तथा व्यवसायीहरुलाई पास नचाहिने व्यवस्था गरेको जानकारी दिए।
केही दिन पहिला किसान तथा व्यवसायीहरुलाई स्थानीय तह को समन्वयमा विशेष पास व्यवस्थापन गरिएको थियो । विशेष पास झन्टटिलो भएको भन्दै किसानहरुले गुनसो गरेका थिए । किसानको गुनासोपछि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृषि विकास निर्देशनालयको टोलीले रुपन्देहीको सुर्यपुरा क्षेत्रमा अनुगमन समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण