जनप्रतिनिधीद्वारा प्रहरीचौकीमाथि आक्रमणको प्रयास
रौतहट । भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणीभेगस्थित बौधीमाई नगरक्षेत्र अन्तरगत बंकुल प्रहरीचौकी माथि एकजना निर्वाचित जनप्रतिनिधीले आक्रमणको प्रयास गरेका छन् । लकडाउनकै अवधिमा बौधीमाई–७ का नेकपाबाट निर्वाचित वडा अध्यक्ष विजय कुश्वाहासहित दर्जनौँको संख्यामा गएका मानिसले मंगलवार साँझ प्रहरी कार्यालयमाथि आक्रमणको प्रयास गरेका थिए ।
एकजना प्रहरीले आफनो भाईलाई दुर्व्यवहार गरेको भन्दै वडा अध्यक्ष कुश्वाहासहितको समूहले प्रहरीचौकीमाथि आक्रमणको प्रयास गरेका थिए । प्रहरीले वडा अध्यक्ष कुश्वाहाको समूहले चौकी घेरा हाल्दै अपशब्द प्रयोग गरेर गालीगलौच गरेको बताएको छ । यता, बंकुलचोक नजिकै रहेको क्वारेन्टाइनमा मोटर मर्मत गर्न मंगलवार दिउँसो जानेक्रममा प्रहरी चौकी अगाडी एकजना प्रहरीले आफ्नो भाईलाई लकडाउनको नामामा दुर्व्यवहार गरेको वडा अध्यक्ष कुश्वाहाको दावी छ ।
उता, बंकुल प्रहरीचौकीका प्रमुख असई सञ्जय बोहराले कुनै प्रहरीले गलत ब्यवहार गरेको भए बास्तविक बुुझेर दोषी भएमा कारवाही गर्ने बताएका छन् । तर, दुर्व्यवहारको बहानामा वडा अध्यक्ष कुश्वाहाले पुुरानो रिसिइवीको बदला स्वरुप प्रहरीचौकी उपर आक्रमणको प्रयास तथा सार्वजनिकरुपमा गालीबेईजती गरेको असई बोहराको भनाई छ । असई बोहराका अनुसार वडा अध्यक्ष बिजय कुश्वाहाले लकडाउनको अवधिमा आफनो घर निर्माण गराइरहेका थिए । जिल्लाको निर्देशन अनुसार केहीदिन अघि उक्त निर्माणकार्य रोक्का गराएकाले यस्तो बदला लिएको हो ।
आक्रमणको प्रयास लगतै बंकुल आसपासका प्रहरी कार्यालयका साथै बिभिन्न सशस्त्र बेस क्याम्पबाट थप प्रहरी परिचालन गरीएको थियो । बंकुल प्रहरी चौकीमा थप प्रहरी परिचालनपछि अवस्था सामान्य भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण