प्रदेश ५ मा र्यापिड टेस्ट हुने
बुटवल – प्रदेश ५ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनमा बसेका सबैजनाको र्यापिड टेस्ट (डायगोनोस्टिक टेस्ट) गर्ने भएको छ ।
हालसम्म यो प्रदेशका १२ जिल्लामा २ हजार ५ सय ६ जना क्वारेन्टिनमा बसेको तथ्यांक प्रदेश सरकारले राखेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले संक्रमणको जोखिम घटाउनका लागि रेपिड टेस्ट किटबाट क्वारेन्टिनमा बसेका सबैको परीक्षण हुने भएकाले जिल्ला स्वास्थ्य कार्यालयमा सबै विवरण दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
क्वारेन्टिनमा बसेका व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि आजदेखि २ जिल्ला हेर्नेगरी ६ वटा स्वास्थ्यकर्मीको टोली बनेको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिएका छन् । उनले रातोपाटीसगँ भने ‘भोलिदेखी प्रदेश ५ का सवै जिल्ला टेस्टको काम हुन्छ , सम्भव भए आज पनि केही जिल्लामा गरिन्छ ।’
उनले शंका लागेर २ हप्तादेखि क्वारेन्टिनमा बसेका सबै जनाकोर्यापिड टेस्ट गर्न लागिएको बताए ।
यसरी टेस्ट गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएमा घर पठाइने र पोजेटिभ आएमा स्वाब परीक्षण गरिने जनाइएको छ । यो टेस्ट गर्नका लागि संघीय सरकारले ५ हजार थान किट पठाएको छ ।
प्रदेश प्रमुखद्धरा एक महिनाका तलव दिने घोषणा
सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, उपचार तथा राहत कोषमा प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले १ महिनाको तलब दिने घोषणा गरेका छन् ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्धारा आज जारी विज्ञप्तीमा प्रमुख यादवले यस्तो घोषणा गर्नुभएको उल्लेख छ ।
प्रदेश प्रमुख यादवले प्रतिकुल परिस्थितिमा नआत्तिन सबै नागरिकलाई आग्रह गर्दै सरकारद्धारा घोषित संक्रमण रोकथामका उपाय अवलम्बन गरेर सुरक्षित रहन अनुरोध गर्नुभएको कार्यालय बाट जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, तटस्थ ५ मत, विपक्षमा शून्य
-
बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
-
भन्सार विभाग घेराउका क्रममा प्रहरीको धरपकड, केही प्रदर्शनकारी पक्राउ
-
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
-
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
-
सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’