नातिको बिहेमा बेलायत जाँदा हजुरबुबालाई कोरोना संक्रमण, उपचारको क्रममा मृत्यु
शुक्रबार, २८ चैत २०७६, १८ : ०४
लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ७ नेपालीको ज्यान गएको छ ।
पछिल्लो समय कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
आफ्नो नातिको बिहेको शिलसिलामा बेलायत आएका बागलुङका कर्ण बहादुर क्षेत्रीको कोरोनाका कारण मृत्यु भएको हो ।
सामान्य रुपमा डाइरिया लागेको र खानाको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो ।
आईसीयूमा उपचार रहेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ । अस्पतालले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ ।
मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित बेलायत आएका थिए । घटनापछि परिवारका सबै सदस्य आइसाेलेसनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण