टाटा सुमो दुर्घटनामा १ जनाको मृत्यु, ३ घाइते
शुक्रबार, १६ भदौ २०७४, १३ : ४५
सिरहा– पूर्वपश्चिम राजमार्गको सिरहा सडक खण्डअन्तर्गत धनगढीमाई नगरपालिका– १० जिरोमाइलमा टाटा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ ज ३५७२ नम्बरको टाटा सुमो सडक छेउको आँपको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका अनुसार दुर्घटनामा घाइते भएका उदयपुर कटारीका औचा लामाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
घाइते उदयपुर कटारीकै विजयकुमार श्रेष्ठ, अर्जुन तामाङ, राजेश श्रेष्ठको विराटनगरमा उपचार भइरहेको छ ।
यस्तै सिराहा नगरपालिका– २० लगडीगदियानीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय विनोद ठाकुरका ६ वर्षीय छोरा शिवम् ठाकुर रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण