आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

टाटा सुमो दुर्घटनामा १ जनाको मृत्यु, ३ घाइते

शुक्रबार, १६ भदौ २०७४, १३ : ४५
शुक्रबार, १६ भदौ २०७४

सिरहा– पूर्वपश्चिम राजमार्गको सिरहा सडक खण्डअन्तर्गत धनगढीमाई नगरपालिका– १० जिरोमाइलमा टाटा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ ज ३५७२ नम्बरको टाटा सुमो सडक छेउको आँपको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लहानका अनुसार दुर्घटनामा घाइते भएका उदयपुर कटारीका औचा लामाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

घाइते उदयपुर कटारीकै विजयकुमार श्रेष्ठ, अर्जुन तामाङ, राजेश श्रेष्ठको विराटनगरमा उपचार भइरहेको छ ।

यस्तै सिराहा नगरपालिका– २० लगडीगदियानीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय विनोद ठाकुरका ६ वर्षीय छोरा शिवम् ठाकुर रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप