मेलम्चीको काम रोकिएको छैन तर सुस्त

काठमाडौं – कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ ।
झन्डै २५० मजदुरले दैनिक काम गरिरहेका थिए तर कोरोना भाइरसको त्रासले स्थानीय मजदुर घर फर्किएपछि हाल साइटमा सय जना मजदुरले काम गरिरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
लकडाउन सुरु भएपछि साइटमा चिनियाँ ४० र नेपाली ६० गरी जम्मा सय जना कामदारमार्फत आयोजनाको काम हुँदै आएको छ । स्थानीय कामदार घर फर्किए पनि जिल्लाबाहिरका नेपाली कामदार भने लकडाउनका कारण घर जान नपाएर साइटमै बसेका छन् ।
तिनै घर जान नपाएका कामदारबाट आयोजनाको काम सुचारु छ । हाल हेडवक्र्स निर्माणको काम भइरहेको समितिले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने