नेपालमा कोरोना हेर्ने डाक्टर २८ मात्रै
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ?
अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ।
अहिले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा स्थिर अवस्थामा रहेको छ। यसको रोकथाम र उपचारका लागि खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले आधारभूत सामग्री र उपकरणको अभाव भोगिरहेका बेला संक्रमण बढे परिचालनका जनशक्ति अभाव हुने देखिएको छ।
भविष्यमा संक्रमित बढी पाइएको अवस्थामा ती जिल्लामा तालिमप्राप्त चिकित्सक र नर्सलाई लैजाने योजना छ। यो जनशक्ति अपर्याप्त रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। प्रादेशिक अस्पतालमा यिनै तालिमप्राप्त स्वास्थ्यकर्मीलाई खटाइनेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण