आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ढोका बाहिर कोराना

शनिबार, २९ चैत २०७६, ०९ : ३६
शनिबार, २९ चैत २०७६

मेरो ढोका बाहिर उभिएको थियो कोराना ।

ट्रम्पले अमेरिकामा दुई लाख मर्ने, इटली र स्पेनमा दुरदही पारेको अनी हुबेईमा बल्लबल्ल हराउन खोजेको कोराना अर्थात कोभिड–१९ ।

लौन नि ! म कहाँ कोराना “हुदैन हुदैन, म कहाँ त लकडाउन छ । ढोका खोल्न मिल्दैन । जाउँ, जाउँ फर्किहाल ।”

“तिमीले ढोका नखोलेर हुन्छ र, म त जसरी पनि र्छिछु । तरकारी, ग्यास, दाल चामल पोको पारेको प्लास्टिक आदी जे बाट पनि र्छिछु । तिमीले गुठुरी पारेर राख्ने गरेको कान्छीनानीको त कुरै नगर । खुरुक्क ढोका खोल ।”

मैले, “हुदैन” भन्दै मुन्टो हल्लाएँ ।

उसले भन्यो, “तिमीले रोकेर रोकिने हो र, म त जसरी पनि तिम्रो देश र्छिछु । म कति शक्तिशाली छु भन्ने कुुरा त थाहा छ होला नि, म जात धर्म भन्दिन, धनी गरीव गन्दिन, विकसित अविकसित र्टेदिन, सुपरपावरको हावा खुस्केको देख्यौँ हैन ? देख्यौ नि मान्छे देखेर मान्छे भागेको, मलेरियाको औषधी मागामाग, माक्स एयरपोर्टबाट खोसाखोस ।”

उसले अगाडि भन्दै गयो, “याद राख म सय वर्ष अघिको स्पेनिस फ्लुभन्दा कम छैन । उसले पाँच करोडको ज्यान लिएको थियो म पनि कम छैन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन आइ.सी.यू.मा छन । मेरो जानकारी दिने डाक्टर ली लाई त मैले ठीक पार्दिएँ । स्पेनिस राजकुमारी मारियालाई मार्दिएँ ।”

उसले अगाडि भन्दै गयो, “देख्यौ होलानी मेरो करामत । हुँदा खाँदाका उम्दा राजनीतिकर्मीहरु मुख देखाउन नसक्ने भएका, देख्यौ होला नि मेरै कारण दुई तिहाइको सरकारले पाँच वर्ष चलाउन नपाउँदै मध्यावधिको माग ! दश हजारले हार्नेको चार भित्ताको उफ्राइ । एस.एल.आर. किन्नेको पी.पी.ई को टेण्डर ! तिम्रा मुलुकको के कुरा, विश्वका कतिपय मुलुकका राष्ट्र प्रमुख मसँग हायल कायल भएर झुण्डिन्छुसम्म भन्न थालिसके ।

मोदीले दियो बालेको देख्यौँ हैन ? मुलुकमा दुई लाख मर्छन् भन्ने ? लाज नभएका, अनुहार छोपेर हिड्नु पर्नेले उल्टै मुख छोप्न माक्स धरी लाउँदिन पो भन्छन बा !”

उसले रिसले मुखबाट थुकको छिटा निकाल्दै भन्यो, “पायो भने जे पनि खाने, जे पनि गर्ने ? बिरालो चमेरो देखि छाउरोसम्म नछोडने । ”

मैले हत्तपत्त माक्स झिकेर लगाए ।

“मेरा कारण खेलकुदको हालत हेर, खचाखच दर्शकले हा..हा..र  हु...हु गरेर खेल्ने फुटबल र क्रिकेट खाली मैदानमा खेल्नुपरेको । इङलिस प्रिमियर लिग, युरोकप, टोकियो ओलम्पिक र कोपा अमेरिका अनिश्चित बनेको । देखेको छौ बलिउडका दबङ्ग सलमानको चित्रकला सिकाइ, कट्रिनाको भाँडा मझाइ । तिम्रै जलस्रोत मन्त्रीले गरेको छोराको तेल घसाइ । ”

मलाई पनि झोँक चल्यो, “अरुको कुरा के गर्छौ, मेरो कुरा गरन.....।”

ऊ अलि शान्त भयो र भन्यो, “केही सभ्यता त अहिले आएर सिक्यौ नि ? जीवनमा पहिलो पटक हात धुन त सिक्यौ हैन ? खाँडीमा रुखमा नोट फल्छ भन्ठानाथ्यौ, घरउँभोको बारीको पाटोको महत्त्व बुझ्यौ नि ? काठ–दाउरा, मकै–भटमास र दुध–दहीको महत्त्व बुझौँ हैन, खाली ग्यास, चाउचाउ र कोल्डड्रिंक्स जप्थ्यौ नि । रेमिट्यान्स–रेमिट्यान्स भन्थ्यौ नि, मैले कसरी रित्याए, बुझ्यौ होला नि । अहिले बुइँगलमा बैकुण्ठ मानन्धरको म्याराथुन गर्दैछौ हैन ?

हेर त उता मान्छे सडकमा सुतेका छन् तर देश भर चिटिक्क तन्ना कसेको खाली पलङ्गसहितको आइसोलेसन वार्डको तयारी गर्नुपरेको । एक मिटरको दूरीमा बस्नु पर्नेमा माहाकाली पारी क्वारेन्टाइनमा कोचाकोच गरेको ।” 

मैले दृढताका साथ भने, “जे सुकै होस् । तिमी फर्क म ढोका त ज्यान जाएगा खोल्दै खोल्दिन ।”

कोरानाले मेरो ढोका नखोल्ने जिद्दीपनाले आजित हुँदै भन्यो, “ठीक छ, म अहिलेलाई त फर्किएँ । तर याद गर्नु म फेरि आउन सक्छु । थाहा होला नि निर्मूल भै सकेको भनेको हुबेईमा पनि म छिटफुट देखिदैछु ।”

उसले कुइनाले नाक नछोपी हाछिँउ..... गर्यो । म झल्यास्स भएँ । आबुइ ...... तीस हजार कोराना भाइरस ! हत्तपत्त कोठाको ढोका हेरे लक रहेछ । निधार छामे ज्वरो छैन । घाँटी ख्वाक्क गरेर हेरे सुख्खा खोकी छैन ।  हत्तपत्त उठेर सावुन पानीले मिचिमिचि हात धोएँ र लामो श्वास लिएँ, धन्न कोरानाबाट बचेछु ।

रेडियोमा समाचार आउँदै थियो, “नेपालमा हालसम्म कोरानाको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उमेश गुइँठे
उमेश गुइँठे
लेखकबाट थप