सुदूरपश्चिममा २५९ को नमूना नेगेटिभ
कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमूनाको नतिजा नेगेटिभ आएको छ ।
यहाँ शुक्रबार आयोजित ‘कोभिड–१९ मिडया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये एक हजार ४३२ नमूनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए ।
प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।
शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४८९, कञ्चनपुरका १३७ र डोटीका २१३ जनाको रगतको नमूना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेका सबैको आरडिटी माध्यमद्वारा रगतको नमूना जाँच गर्ने लक्ष्य छ । नमूना जाँचमा पोजेटिभ नतिजा आउनेको स्वाब सङ्कलन गरी परीक्षण गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण