बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कविता-कोरोनाको डर

शनिबार, २९ चैत २०७६, १४ : १३
शनिबार, २९ चैत २०७६

-राकेश कार्की

सीसाको उतापट्टी उनी
सीसाको यतापट्टी ऊ
हात बढाएर त्यही छेको छुनु परेकोछ
फेरि साबुन पानीले हात धुनु परेको छ

बिरामी भए श्रीमान बिरानो देशमा
फर्किन सकिनन् श्रीमती छोरो साथमा
साथीसंगी फर्कि गए गाउँको खेतबारीमा
जोगिन आफ्नै देश, कोरोनाको माहामारीमा

दिनैपिच्छे मानिस मरेको मरै छन्
बन्द छ जताततै सुनसान घरै छन्
औषधी ख्वाउ भने औषधी नै छैन
दुबै आँखाबाट पग्लिरहन्छ मैन


पीपीई बिना मास्कको मात्र भर छ
आफूलाई र छोरोलाई पनि सर्ने डर छ
अस्पतालमा लगुँ भने पालो कुर्ने धेरै
यहाँका नागरिक भन्छन् पहिले पालो मेरै

दु:ख पर्दा शीतल आफ्नै देशको छायाँ
हिमाल देखि तराईसम्म उत्तिकै माया
फर्किनेछौँ श्रीमान् लाई जब बिसेक होला
आफ्नै देशको लागि रहेछ हाम्रो चोला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप