कविता-कोरोनाको डर
शनिबार, २९ चैत २०७६, १४ : १३
-राकेश कार्की
सीसाको उतापट्टी उनी
सीसाको यतापट्टी ऊ
हात बढाएर त्यही छेको छुनु परेकोछ
फेरि साबुन पानीले हात धुनु परेको छ
बिरामी भए श्रीमान बिरानो देशमा
फर्किन सकिनन् श्रीमती छोरो साथमा
साथीसंगी फर्कि गए गाउँको खेतबारीमा
जोगिन आफ्नै देश, कोरोनाको माहामारीमा
दिनैपिच्छे मानिस मरेको मरै छन्
बन्द छ जताततै सुनसान घरै छन्
औषधी ख्वाउ भने औषधी नै छैन
दुबै आँखाबाट पग्लिरहन्छ मैन
पीपीई बिना मास्कको मात्र भर छ
आफूलाई र छोरोलाई पनि सर्ने डर छ
अस्पतालमा लगुँ भने पालो कुर्ने धेरै
यहाँका नागरिक भन्छन् पहिले पालो मेरै
दु:ख पर्दा शीतल आफ्नै देशको छायाँ
हिमाल देखि तराईसम्म उत्तिकै माया
फर्किनेछौँ श्रीमान् लाई जब बिसेक होला
आफ्नै देशको लागि रहेछ हाम्रो चोला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण