बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न प्रचण्डको विशेष अपील

सोमबार, ०१ वैशाख २०७७, ०९ : ५२
सोमबार, ०१ वैशाख २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न विशेष अपील गरेका छन् । 

नयाँ बर्ष २०७७ का अवसरमा पार्टीका तर्फबाट शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना पनि गरेका छन् ।
 
‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्रा्ष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु’ अध्यक्ष प्रचण्डले आफ्नो शुभकमना सन्देशमा भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप