बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कविता-खोज

सोमबार, ०१ वैशाख २०७७, १३ : ५९
सोमबार, ०१ वैशाख २०७७

-कालिदाश अधिकारी

खोजे के भेटिँदैन ? 
खोज्नेहरुले धेरै चिज भेट्टाए
"बाटा" ले जुत्तामा चमत्कार भेट्टाए
बिल गेट्सले कम्प्युटरमा क्रान्ति  भेट्टाए 
हाम्रै बुद्धले आफै भित्र ज्ञान भेट्टाए

खाडीमा केही नभेट्टाउनेले 
गाउँमा कृषि क्रान्ति भेट्टाए
कसैले त्रिशूलीमा सुन भेट्टाए
बागमतीको फोहोरमा डलर भेट्टाए

अशोक दर्जीहरुले संगीतमा कायापलट भेट्टाए 
हामी भने शहरमा आफैँलाई नभेट्टाएर खोजिरहेका छौँ 
हरेक सफल मान्छेको पछि  सयौं दर्दनाक असफल कहानी हुन्छ
के हामीले हाम्रो सपना पुरा गर्नको लागि साँच्चै खोजेका छौँ त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप