कैलालीमा कोरोना संक्रमित महिलाको गाउँ नै सिल
कैलाली । लम्की चुहा नगरपालिकाले कोरोनाभाइरस संक्रमित महिलाको गाउँ नै सिल गरेको छ । आज नगरपालिकाले कोरोनाभाइरस संक्रमित महिला भेटिएको वडा नं १ लाई सिल गरेको हो ।
संक्रमित ६५ वर्षीया महिला लम्की चुहा नगरपालिका वडा नं १ मा बस्दै आएकी थिइन् । संक्रमणको सम्भावित जोखिम लाई मध्य नजर गर्दै वडा नं १ लाई सिल गरिएको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बज्गाइँले रातोपाटीलाई जानकारी दिए ।
अहिले उनको गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गरेका छौ,’ नगर प्रमुख वज्गाइँले भने । उनले यस नगरपालिका क्षेत्र भित्रका अफ्ना नागरिकलाई जोखिमबाट मुतm गर्न कठोर निर्णय लिएको बताए ।
संक्रमणबाट बच्न र बचाउन अहिलेको मुख्य कार्यभार भएकाले नेपाल सरकारले जारी गरेको लकडाउनलाई पनि थप कसिलो बनाएको उनले बताए ।
उनले भारत र तेस्रो मुलुक वाट आएकाको लगत संकलन गरेर चेकजाँच तीव्र गरिएको पनि उनले बताए । भारत र तेस्रो मुलुकबाट आएकाको लगत संकलन गरी आज पनि ¥यापिड टेस्ट गरेको उनले जानकारी दिए । ‘टेस्ट गरेका सबैको रिपोर्ट सन्तोषजनक नै छ,’ उनले भने ।
यस नगरपालिकाभित्र भारत र तेस्रो मुलुकबाट लकडाउन अघि र पछी गरी ४८४ जना नागरिक भित्रिएको उनले बताए । उनले लकडाउन अघि आएकाको चेकजाँच शुरु नभएको र लकडाउनपछि मात्र भित्रिएका २०० जनाको ¥यापीड टेस्ट गरेको जिकिर गरे ।
वडा नं १ र ३ का नागरिकलाई चेक जाँच गर्न कालिका माध्यामिक, भरुवा वडा नं २, ४ र ५ का नागरिकका लागी पुरानो लम्की चुहा, वडा न. ७ र ९ का नागरिकका लागी सरस्वती मा.वि, प्रतापपुर र वडा नं ६ र १० का नागरिकका लागी सर्वोदय माध्यामिक विद्यालयमा -यापिड टेस्टको व्यवस्था गरी चेक जाँच गरिएको उनले बताए ।
लम्की बहुमुखी क्याम्पसमा करेन्टाइनमा ५२ जनालाई राखेको उनले जानकारी दिए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीलगायत शंकास्पद लागेका नागरिकको पनि चेक जाँच गरिन थालेको उनले बताए ।
सामान्य रुघाखोकी, ज्वरो, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिने व्यतिmहरुलाई पनि नजिकको हेल्थपोस्ट या नजिकको अस्पतालमा गएर चेकचाँज गर्न गराउनसमेत भन्ने गरेको उनको भनाइ छ ।
लम्की चुहा नगरपालिकामा यस अघि पनि भारत वाट आएका एक पुरुषमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण