बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
कविता

के हो कोरोना?

मङ्गलबार, ०२ वैशाख २०७७, १४ : ०१
मङ्गलबार, ०२ वैशाख २०७७

-सन्देश श्रेष्ठ

मानिसले सबैथोक बनायो।
रकेट बनायो,आफुजस्तै रोबोट बनायो।
रोबोट चलाउने रिमोट बनायो।
जमिनमुनिबाट तेल निकाल्यो।
जमिनमाथिबाट रेल गुडायो।
चन्द्रमामा पुग्यो, मंगलग्रह डुल्यो।
स्विच थिच्दा संसार सकिने मिसाइल बनायो।
तर आँखाले नदेखिने भाइरससँग मानिस आज किन यति निर्य?
कहाँ गए मानिसले मानिसलाई मार्न बनाएका क्षेप्याश्त्रहरु?
कता हराए संसार जित्न बनाइएका आणविक हतियारहरु?
किन बिलाए ठुला देशले साना देशलाई कजाउन बनाएका मिसाइलहरु?
के कोरोना आणविक हतियारहरु भन्दा पनि शक्तिशाली हो?
यस अगाडिका संकटहरु विभेदकारी थिए।
ठुलो देश कि सानो देश भनि हेर्दथे।
धनि कि गरिब भनि सोध्दथे।
युरोप कि अफ्रिका भनि रोज्दथे।
तर कोरोनाले सानो ठुलो देश हेरेन।
धनि कि गरिब सोधेन।
युरोप कि अफ्रिका चिनेन।
सानो देशमा फैलदा ठुलो देशलाई छोडेन।
गरिबलाई सम्झिदा धनिलाई बिर्सेन।
अफ्रिका पस्दा युरोप जादिन भनेन।
रानी,युवराज,मन्त्रि,प्रधानमन्त्री कसैलाई छोडेन।
के कोरोना कार्ल मार्क्सले भनेजस्तै साँच्चिकै साम्यवादी हो?
पृथ्वि सबैको साझा घर।
तर मानिसले आफ्नो मात्र सिण्डिकेट लाद्न खोज्यो।
आफ्नो जिब्रोको स्वादको लागि जिवजन्तु मार्‍यो।
पैसाको लागी बनजंगल नाश्यो।
हिमाल सुकायो।
खानी रित्यायो।
सुन्दर प्रकृतिलाई कुरुप तुल्यायो।
सजाय स्वरुप मानिस आज घरमै कैद भएको छ।
यस्तो कैद जसबाट भाग्न खोजे मृत्युदण्डको सजाय हुन सक्छ।
यस्तो कैद जसमा कति समय बस्नु पर्ने हो कसैलाई थाहा छैन।
के कोरोना प्रकृतिले मानिसलाई दिएको दण्ड हो?
अरु बेला थुनिनु परेको भए।
मानिसले विरोध गर्थ्यो।
विद्रोह गर्थ्यो।
अवज्ञा गर्थ्यो।
लोकतन्त्रको भाषण छाट्थ्यो।
अदालतमा मुद्दा हाल्थ्यो।
संविधानको दुहाई दिन्थ्यो।
तर अहिले मानिस चुप छ।
उ आफै बाहिर निस्कन डराएको छ।
किनकी मानिसलाई थाहा छ।
भित्र बसे अवश्य बाँचिन्छ।
बाहिर निस्के भन्न सकिन्न।
के कोरोना मानिसको स्वतन्त्रता भन्दा पनि ठुलो हो?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप