कविता
हिजो र आज
बुधबार, ०३ वैशाख २०७७, १२ : ४७
- हिमाल अर्याल
अस्ति कर्णालीमा भोकमरी लाग्दा
काठमाडौंले समाचार सुन्दैनथ्यो,
सुदूरमा हैजाले सताउँदा
सिंहदरवारलाई हैजाले छुँदैनथ्यो,
अफ्रिका, एसिया रोग र भोकले रोइरहँदा
अघाइरहेको युरोप सभ्यता सिकाइ रहन्थ्यो,
मध्यपूर्व र अफगानिस्तानको घाउ चहराइरहँदा
अमेरिका पेट्रोल छर्केर हतियार बिकाइरहन्थ्यो,
हिउँद, वर्षा अस्ति र आज
कर्णाली उसैगरी बगिरहेछ,
विचरा काठमाडौंलाई ज्वरो आएको छ,
सिंहदरवारआफैँ मास्क लगाएको छ ।
अफ्रिका र मध्यपूर्वलाईबानी परिसक्यो,
दुःखमा जिउन जानी सक्यो,
बाँकी संसार अत्तालिएको छ !
यो कस्तो मृत्युको डर,
लासआफैँ मलामी जादैंछन् !
चराचुरुंगी र जनावर निस्फिक्री छन्,
तर विचरा मानव !
मास्क लगाउने 'नाक' खोजिरहेछ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण