एउटा लेखका कारण चीन–फ्रान्सबीच थामिएन विवाद
फ्रान्स र चीनबीच सुरु भएको कुटनीतिक विवाद रोकिने छाँटकाँट छैन । यी दुई देशबीच एउटा आलेखका कारण विवाद सुरु भएको थियो । बुधबार फ्रान्सका सिनेटरले चिनियाँ दूतावासको वेबसाइटमा अहिले पनि विवाद निम्त्याउने उक्त आलेख किन नहटाएको भन्दै प्रश्न गरेका छन् ।
उक्त लेखकै कारण फ्रान्सका विदेश मन्त्रालयले पेरिसस्थित चिनियाँ दूतावासका राजदूतविरुद्ध कानूनी कारवाहीसमेत गरेका थिए । फ्रेन्चमा लेखिएको यो लेख विभिन्न भागमा चिनियाँ दूतावासको वेबसाइटमा छापिएको छ । यसलाई चिनियाँ दूतावसाले ट्वीटसमेत गरेको छ ।
उक्त लेखमा कोरोना भाइरसको महामारीको विषयमा चीनले उठाएको कदमको तारिफ गर्दै पश्चिमी देशको आलोचना गरिएको छ । फ्रान्सले यतिबेला विवाद गर्नु समय सान्दर्भिक देखिँदैन किनभने फ्रान्सले चीनसँग ६० करोड मास्क मगाएको छ र यो अझै आउन बाँकी नै छ ।
सुरुवातमा फ्रान्स यो लेखका लागि चुप थियो तर पछि विरोध बढेपछि फ्रान्सका विदेश मन्त्रालयले चिनियाँ राजदूतमाथि कानूनी उपचार थाले ।
बुधबार फ्रान्सका थुप्रै सिनेटरले चिनियाँ दूतावासले आफ्नो वेबसाइटबाट उक्त लेख किन नहटाएको भन्दै आपत्ति जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण