शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एशियाली देशको विकास ६० वर्षमा पहिलो पटक रोकिनेछः आइएमएफ

बिहीबार, ०४ वैशाख २०७७, ०९ : ०८
बिहीबार, ०४ वैशाख २०७७

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ६० वर्षमा पहिलो पटक यस वर्ष एशियाली देशको विकास रोकिने बताएको छ । आइएमएफका अनुसार यसवर्ष एशियाली देशको विकासमा जति कमी हुनेछ त्यो ‘पूरा अन्तर्राष्ट्रिय आर्थिक संकटको वार्षिक औसत विकास दर (४.७ प्रतिशत) वा एशियाली आर्थिक संकट (१.३ प्रतिशत)’ भन्दा पनि खराब हुनेछ ।

आइएमएफका अनुसार यदि कोरोनाभाइरसलाई रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एशियाली देशको विकास दरमा एकपटक पुनः वृद्धि हुनेछ ।

एक दिनअघि मात्रै विश्व वैंकले दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा खराब आर्थिक स्थितीबाट गुज्रने चेतावनी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप